एकाबिहानै हेटौंडाको मोबाईल पसलमा चोरी, चोरलाई कारवाही गर्ने प्रहरीको दाबी
मकवानपुर २१ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्तिथ एक मोबाईल पसलमा आज बिहानै चोरी भएको छ । खोपेगल्ली नजिकै रहेको भोईस मार्ट नामक पसलबाट केहि थान मोबाईल चोरी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ ।
प्रहरीका अनुसार पसलबाट १३ वटा मोवाईल चोरी भएको छ । जसमा ५ वटा पुराना मोवाईल र ९ वटा नयाँ मोबाईल रहेका छन् । घटनाको विषयमा अनुसन्धान भईरहेको मकवानपुरका प्रहरी प्रवक्ता नरेश कुमार सिंले जानकारी दिए ।
पुजन कार्कीको उक्त मोबाइल पसल स्थानीयकै सहभागितामा चोरी भएको हुनसक्ने प्रहरी प्रवक्ता सिंले बताए । उनले चोरलाई खोजेर कारवाही गर्ने दाबी गरे ।
प्रदेशको राजधानी समेत रहेको हेटौंडामा एकाबिहानै मोबाईल पसलमा चोरी हुनुले मकवानपुरको सुरक्षाको अवस्थालाई चुनौती थपेको छ ।
