आफ्नै श्रीमती बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ
काठमाडोैं २१ साउन । आफ्नौ श्रीमतीलाई बलत्कार गर्ने एक व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । इच्छाविपरीत श्रीमतीसँग यौन सम्बन्ध राखेको आरोपमा २२ बर्षिय श्रीमतीले प्रहरीलाई उजुरी दिएपछि २७ बर्षिय श्रीमान पक्राउ परेका हुन् ।
श्रीमान्ले चाहना विपरीत जबरजस्ती यौनसम्पर्क गरेको भन्दै ती महिलाले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरी वैवाहिक बलात्कार मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
विवाह भएको २ बर्ष भईसकेपछि उनले प्रहरीमा उजुरी दिएकी हुन्। उजुरीमा श्रीमान् एक सातासम्म घर नफर्किने र घर फर्किएपछि इच्छा विपरीत पटक–पटक जबरजस्ती यौन सम्बन्ध राख्ने गरेको ती महिलाले आरोप लगाएकी छन् ।
