बेरोजगार भत्ता दिने गरी कानून बनाउँदै सरकार
नेपाल सरकारले बेरोजगारलाई जीवन निर्वाहको लागि भत्ता उपलब्ध गराउने भएको समाचार आजको कान्तिपुर दैनिक मा छ ।
कुनै पेशा व्यवसाय नभएको र एक वर्षमा १ सय २० दिन पनि आय नभएकालाई भत्ता दिने गरी कानून तयार पार्न लागिएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस सम्बन्धमा कानूनको मस्यौदा तयार पारी मन्त्रीपरिषद्मा पठाउने तयारी गरेको हो ।
