१३ वर्षीया किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या !

तु खबर संवाददाता
२०७५ श्रावण २१, सोमबार ०७:४६

कञ्चनपुर / भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरीको ११ दिनअघि बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको समाचार आजको कान्तिपुर दैनिक मा छ ।

पत्रिकामा प्रकाशित समाचार अनुसार, प्रहरीले किशोरीको पोष्टमार्टम रिपोर्टबाट उक्त कुरा पुष्टि भएको जनाएको छ। हामीले जे आश‌का गरेका थियौं, त्यही पुष्टी भयो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञान बहादुर सेठीले भने।

‘अहिलेसम्म घट्नास्थल पहिचान गर्न सकेका छैनौं’ डिएसपी सेठीले भने, ‘शव भेटिएको स्थानमा पानी भरिएका कारण कति जनाको संलग्नता हो भन्ने विषयमासमेत यकिन हुन सकेका छैनौं।’

शव भेटिएको ११ दिनसम्म पनि अपराधीलाई पक्राउ नगरेको भन्दै सुरु भएको आन्दोलन अझै रोकिएको छैन। हत्यारा पत्ता लगाउन माग गर्दै दवावमुलक रुपमा बजार बन्द र यातायात बन्दसम्मका कार्यक्रमहरु गरिरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*