नाई नभन्नु ल ५ को दोस्रो गीत सार्वजनिक
काठमाडौं, साउन २० । सर्वाधिक चर्चाको केन्द्रबिन्दुमा रहेको ‘नाईं नभन्नू ल ५’ को दोस्रो गीत सार्वजनिक भएको छ । बालापनको उमेर शिर्षकको गीतमा बसन्त सापकोटाको संगीत र समिक्षा अधिकारीको स्वर रहेको छ ।
निर्देशक विकास आचार्यले नयाँ गीत रेकर्डको क्रममा बाल आवाजको खोजी भइरहेको समयमा समीक्षाको आवाज सुनेपछि संगीतकार बसन्त सापकोटा र निर्देशक आचार्यले समीक्षालाई पोखराबाट झिकाइ गीत रेकर्ड गराएका थिए ।
अनुभव र सेड्रिनाको अभिनय रहेको गीतलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । निरुता सिंह, दिलिप रायमाझी, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ, अभिषेक नेपाल लगायतको अभिनय रहेको फिल्म भदौ ८ गते प्रदर्शन हुँदैछ । गीतको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् भने सम्पादन अर्जुन जिसीको रहेको छ ।
हेर्नुस् भिडियो–
