मकवानपुर प्रहरीले बुझायो १२ थान मोबाईल

तु खबर संवाददाता
२०७५ श्रावण २०, आईतवार १७:५०

मकवानपुर, २० साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक मधु कुमार थापा समेतको बिशेष टोली मकवानपुरका विभिन्न स्थानबाट हराएको मोबाईल फेला पारी मोबाईल धनीलाई फिर्ता गरेको छ ।

मोबाईल हराएको भनि दिएका निवेदनको सम्बन्धमा खोजतलास तथा बिशेष अनुसन्धान गरी आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले मोबाइल धनीलाई फिर्ता गरेको हो ।

प्रहरीले सर्लाही बस्ने असोक मैनाली, हेटौँडा ५ बस्ने दिलिप कुमार आले मगर, बारा जिल्लाका सरोज लामा, हेटौँडा १९ बस्ने सर्मिला माया मुक्तान, काभ्रेको पनौती बस्ने सोनी लामा, हेटौँडा ४ बस्ने डोलराज भुसाल, जिल्ला हुलाक कार्यालयमा कार्यरत डिल्ली प्रसाद तिमल्सिना, हेटौँडा ५ बस्ने जोखम महतो, धनुषा जिल्ला बस्ने रामेश्वर राय यादव, हेटौँडा १९ बस्ने राधिका थिङ, सर्लाही बस्ने नितेश ठाकर र हेटौँडा ७ बस्ने कुमार मणी त्रिपाठीको मोबाईल फेला पारी फिर्ता गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*