मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
काठमाडौं २० साउन । काठमाडौं मनमैजु बस्ने धादिङ दुवाकोट गाउँपालिका ८ का २० बर्षीय बिशाल घिमिरे र काठमाडौं गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती बस्ने रामेछाप दोरम्बा गाउँपालिका १ का १९ बर्षीय शत्रु तामाङलाई ग १३ प ३९८५ र बा ७७ प ५५५५ नम्बरका २ मोटरसाइकल चोरी गरेको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको छ ।
विषेश सूचनाको आधारमा खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका(१० कपन मिलनचोकबाट उक्त २ थान मोटरसाइकल सहित घिमिरे र तामाङलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
