कमान सिं पाख्रिन ‘पृथक’ नेकपा मकवानपुरको सचिव बन्लान् ?

तु खबर संवाददाता
२०७५ श्रावण २०, आईतवार १६:०५


हेटौँडा, २० साउन ।
नेकपा मकवानपुरको सचिवका रुपमा तत्कालिन नेकपा माओवादी केन्द्रका संचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’ को नाम चर्चामा आएको छ । तत्कालिन एमाले र माओवादीबिच जेठ ३ गते भएको पार्टी एकतापछि बनेको नेकपाका लागि मकवानपुरमा अध्यक्ष श्रीधर पोखरेल र दोस्रो बरियताका नेताका रुपमा बलराम बल हुने निश्चित भएको खबर फैलिरहेको अवस्थामा सचिव पदमा पाख्रिनको नाम चर्चामा आएको हो ।

कम्यूनिष्ट आन्दोलनको लामो यात्रा र संघर्षसँगै अगाडि बढेका पाख्रिन पार्टीले अवसर पाउँदा किनारा लगाएको नेताका रुपमा चिनिन्छन् । कर्मठ, जुझारु र मिजासिला स्वभावका पाख्रिनले .तत्कालिन माओवादी केन्द्रको मकवानपुर संचार विभाग प्रमुखका रुपमा दिएको अतुलनीय योगदानको आज पनि केन्द्रसम्मै चर्चा हुने गरेको छ । एकताका प्रतिनिधिसभा चुनावका समयमा उनलाई उम्मेदवार बनाउने चर्चा समेत चलेको थियो । जनताको म्याण्डेडका हरेक आन्दोलनमा पार्टीका तर्फबाट सक्रिय भूमिका निभाएका पाख्रिन पार्टीका विभिन्न संगठनमा समेत कुशल नेतृत्व गर्दै जिम्मेवारीलाई पुरा गर्ने नेताका रुपमा परिचित छन् ।

पार्टीका सूचनालाई संचार क्षेत्रमा प्रचार गरी पार्टीका लागि सकरात्मक उर्जा बढाउने पहिलो नम्बरको श्रेय पाएका उनै पाख्रिनलाई सचिवमा सिफारिश गर्नुपर्ने पनि कार्यकर्ताहरुको माग छ । आजसम्म पार्टीको निर्णयलाई शिरोधार्य गर्दै आएका उनी अवसर पाउँदा पटक पटक पछाडि सरेर केन्द्रको निर्देशनमा ब्याक भएका छन् । यस पटक पनि उनलाई फ्रन्ट लाईनमा नल्याइए पार्टीले अवसर नदिने नेताका रुपमा सबैभन्दा अभागी सावित हुने कार्यकर्ताहरु समेत बताउँछन् । तु खबरलाई प्राप्त जानकारीका अनुसार उनी नेकपा मकवानपुरको सचिव बन्ने एकमात्र दाबेदार हुन्

भदौ ५ गतेसम्म जिल्ला तहमा एकता गर्ने केन्द्रिय निर्देशन भए अनुसार जिल्लामा एकता पश्चात जिम्मा पाउने नेताको नाम साउन २५ भित्रनै कार्यदलमा पठाउनुपर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*