मकवानपुरमा टिपर आतँक, गैरीगाउँमा मोटरसाईकललाई ठक्कर दिँदा न्यौपानेको ज्यान गयो

तु खबर संवाददाता
२०७५ श्रावण २०, आईतवार १३:५८

मकवानपुर २० साउन । मकवानपुरमा टिपर आतँक बढ्न थालेको छ । आईबार पनि कान्तिलोक पथ अन्र्तगत हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट गैरीगाउँतर्फ गईरहेको ना ७ ख ७३२३ नम्बरको टिपरले बा ४२ प ७०७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय २६ वर्षका टंक न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

धाईते भएका टंकको उपचारका लागि चुरेहिल अस्पतालमा लगिएको थियो उनलको अस्पतालमै मृत्यु भएको प्ररीको जानकारी छ ।

मोटरसाइकलमै सवार २१ वर्षीय गीता न्यौपाने भने गम्भीर घाइते भएकी छिन् । घाइते गीतालाई थप उपचारको लागि भरतपुर रिफर गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*