नेपाली काँग्रेसका स्याङजा सभापति पंगेनीको निधन

तु खबर संवाददाता
२०७५ श्रावण २०, आईतवार ०९:३७

काडमाडौं २० साउन । नेपाली काँगेसका स्याङजा सभापति तथा पुर्व साँसद कमल पंगेनीको निधन भएको काठमाडौंका सञ्चारमाध्यमहरुले जनाएका छन् । पारिवारीक जानकारी अनुसार उनको गएराति हृदयघातका कारण आफ्नै निवासमा निधन भएको हो ।

खाना खाएर सुतेका पंगेनी विहान उठ्ना गम्भीर अवस्थामा थिए उनलाई उपचारका लागि अस्पताल लगेपछि डाक्टरले उनको निधन भएको पुष्टी गरेको पारिवारीक स्रोतले जनाएको छ ।
उनी २०७० सालको संविधानसभामा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनका श्रीमती, एक छोरा, एक छोरी छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*