जोशीले लिए १५ दिन बिदा, आजदेखि मिश्रले पेशी तोक्ने

तु खबर संवाददाता
२०७५ श्रावण २०, आईतवार ०८:१३

काठमाडौँ । संसदीय सुनुवाइ बिशेष समितिले सर्वोच्च अदालतको नेतृत्वमा पुग्न अयोग्य ठहर्याएपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशी विदामा बसेका छन् । राष्ट्रपति बिद्यादेवि भण्डारीलाई शनिबार साँझ भेटी उनले १५ दिन बिदामा बस्ने जानकारी गराएका हुन् । आजको कान्तिपुर दैनिक मा खबर छापिएको छ ।

अब उनी पछिका बरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्नेछन् । मिश्रले नै कामु प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्च र न्याय परिषद्को नेतृत्व लिनेछन् । संवैधानिक परिषद्ले संभवत उनलाई नै प्रधानन्यायाधीशको लागि सिफारिस गर्नेछ । सर्वोच्चको सबैभन्दा बरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्परा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*