‘सुनुवाइ पूर्वाग्रही हुँदा म अन्यायमा परें’

तु खबर संवाददाता
२०७५ श्रावण २०, आईतवार ०७:२४

काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले तथ्यको अध्ययन नै नगरी पुर्वाग्राही ढंगबाट संसदीय सुनुवाइ समितिले आफ्नो शैक्षिक प्रमाणपत्रका विषयमा धारणा बनाएको आरोप लगाएका छन् ।

उनले आफ्नो शैक्षिक प्रमाणपत्रको स्वतन्त्र निकायबाट छानबिन गरी सत्य पत्ता लगाउन संवैधानिक परिषद् र नेपाल सरकारलाई आग्रह गरेका छन् । जोशीले प्रेस विज्ञप्ती जारी गरी पूर्वाग्राही ढंगबाट संसदीय सुनुवाइ समितिले निष्कर्ष निकालेको आरोप लगाएका हुन् । आजको नागरिक दैनिक मा यो खबर छ ।

आफ्नो शैक्षिक प्रमाणपत्र संसदीय सुनुवाइ समितिमा पेश गरिसकेको र सञ्चारमाद्यममा पनि प्रकाशित भइसकेको जोशीले जनाएका छन् । ‘सो विषयमा आधिकारिक निकायबाट अध्ययन अनुसन्धाननै नगरी, स्वतन्त्र निकायको अध्ययनबिना बिनाआधार, बिनाप्रमाण एवम् हचुवाका भरमा आशंका तथा चर्चापरिचर्चा भइरह्यो, उनले भनेका छन्– आधिकारिक निकायको अध्ययनबिना नै मेरा प्रमाणपत्रका विषयमा सम्मानित संसदीय सुनुवाइ विशेष समितिले धारणा बनाउँदा मलाई असाध्यै अन्याय भएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*