संगालोद्वारा वातावरण प्रदुषण न्युनिकरणका लागि सचेतना कार्यक्रम
मकवानपुर १९ साउन । हेटैँडा ७ न्युरेनी चिसापानिमा रहेको संगालो टोल विकास सस्थाले वातावरण प्रदुषण न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ ।
संस्थाका अध्यक्ष बेदप्रसाद भट्टराईको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्व्य समितीका सदस्य देवराज रिमाल , ७ नम्बर वडा सदस्य कृष्ण प्रसाद दाहाल, हरियाली प्रहरी चौकीका पंकज झा स्मृती टोल विकासका अध्यक्ष रामकृष्ण भट्ट, शान्ति टोल विकासका अध्यक्ष छत्र लामिछाने,पशुपति मन्दिर संरक्षण समितीका अध्यक्ष केदार मिश्र, महालक्ष्मी कृषी सहकारीका अध्यक्ष अर्जुन अधिकारी लगायतले वातावरण प्रदुषणको असर र त्यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । सो अवसरमा स्थानीयबासी र विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
टोल विकास सस्थाले आङ्खनो क्षेत्र भित्र पर्ने मन्दिर ,सार्वजनिक स्थान र टोलमा सरसफाई गर्नुका साथै बासीलाई फलफूलका विरुवासमेत वितरण गरेको छ ।
