ईन्टेरीयर प्वाईन्टस प्रालि र सुनौलो शिक्षा नेपालले बिद्यार्थीहरुलाई वितरण गर्यो ट्रयाक सुट

तु खबर संवाददाता
२०७५ श्रावण १८, शुक्रबार १८:३५

मकवानपुर १८ साउन । वाल संरक्षण र मानव बेचविखनका सवालमा अभिमुखिकरण तथा ट्रयाक सुट वितरण कार्यक्रम सम्पन्न भएको छ ।
ईन्टेरीयर प्वाईन्टस प्रालि र सुनौलो शिक्षा नेपालको आयोजनामा शिक्षक अभिभावक तथा बालबालिका बिचमा वाल संरक्षण तथा मानव बेचविखनका सवालमा अभिमुखिकरण तथा बिद्यार्थीहरुलाई ट्रयाक सुट वितरण कार्यक्रम सम्पन्न भएको हो।

पनौति नगरपालिका वडा नं ८ स्थीत ज्वालामुखि आधारभुत बिद्यालयमा उक्त कार्यक्रमको आयोजना भएको हो । ईन्टेरीयर प्वाईन्टस प्रालिका कार्यकारी निर्देशक चन्द्र प्रसाद हुमागाँईको सभाधक्ष्यता तथा मानव बेचविखन बिरुद्धका अभियन्ता तथा टिप हिरो २०१८ का विजेता श्री सुनिता दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा काभ्रे जिल्ला समन्वय समितीका सदस्य सन्तनु केसि, पनौति वडा नं ८ का अध्यक्ष केसव बञ्जारा, बिद्यालय प्रधानाध्यापक उपेन्द्र हुमागाँई लगायतकाले वोल्नु भएको थियो ।

कार्यक्रमको उदेश्य वारे बोल्नुहुदै सुनौलो शिक्षा नेपालका जनसम्पर्क सल्लाहकार दिलिप कोईरालाले समुदायको समुन्नतीका लागि वाल संरक्षण अपरिहार्य भएको र वालवालिका माथिको लगानिमा जोड दिए । कार्यक्रममा वोल्दै प्रमुख अतिथि दनुवारले आफु वालवालिका अवस्थामा बेचविखनमा परेको वताउदै आफनो जिल्दगीको संघर्ष जस्तो कोहि वालवालिकाको जिवनमा जोखिमता नआओस भन्दै एक जना जोखिमतामा रहेको वालिकालाई एक बर्ष सम्म पढाईका लागी आफुले सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।

कार्यक्रमा सभाधक्ष्य ईन्टेरीयर प्वाईन्टसका प्रवन्ध निर्देशक हुमागाँईले आफुहरु व्यवसायी भए पनि वालवालिकाका सहयोगका लागी सदैव तत्पर रहेको व्यक्त गरे । कार्यक्रममा शक्ति समुहको समन्वयमा शक्ति समुहका संस्थापन समेत रहनु भएका सुनौलो शिक्षा नेपालका सल्लाहकार दनुवार, ईन्टेरीयर प्वाईन्टसका हुमागाँई तथा सुनौलो शिक्षा नेपालका अध्यक्ष राम प्रसाद पण्डितले संयुक्त रुपमा बिद्यालय, जिल्ला समन्वय समिती वडा कार्यलय आदि लाई दनुवारको आत्मपरक जिवनी “आँशुको शक्ति” प्रदान समेत गरीएको थियो ।

कार्यक्रममा ३९ जना वालबालिकालाई ट्रयाक सुट समेत प्रदान गरीएको सुनौलो शिक्षा नेपालका कार्यसमिती सदस्य तथा ईन्टेरीयर प्वाईन्टस प्रालीका निर्देशक आशिष दुलालले जानकारी दिए ।
ईन्टेरीयर प्वाईन्टस प्रालि घर कार्यलय लगायतका स्थलको आन्तरीक सजावट गर्ने कम्पनि हो भने शुनौलो शिक्षा नेपाल विगत ५ वर्ष देखि वाल संरक्षण तथा मानव बेचविखन पुरुष बिरुद्ध कार्य गर्दै आईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*