विषेश समितिले जोशीलाई प्रधान न्यायाधीश नियुक्त गर्न अस्वीकार गर्यो
मकवानपुर १८ साउन । संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक बहिस्कार गरेपनि दुई तिहाई बहुमतले जोशीलाई प्रधान न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेको हो ।
समितिमा जेष्ठ सदस्यको हैसियदले लक्ष्मणलाल कर्णले बैठकको अध्यक्षता गरेका थिए । समितिमा काँग्रेसका ४ जना साँसदले जोशीलाई अनुमोदन गर्नुपर्ने धारणा राख्दै आएका थिए । काँग्रेसको असमतिका बाबजुत सत्ता पक्षले जोशीलाई अस्वीकृत गरेको हो । शैक्षिक योग्यताको प्रमाणपत्रमा विवाद सिर्जना भएको, कार्य क्षमता अभाव रहेको लगायतका आरोप जोशीमाथि थियो ।
