भूकम्पले भत्काएको दरबार हाइस्कूल यसरी बन्दैछ
काठमाडौं, १८ साउन । नेपालको ईतिहास जोडिएको दरबार हाइस्कूलको पूननिर्माण सुरु भएको छ । महाभूकम्पका क्रममा क्षति पुगी जिर्ण बनेको भानु माध्यमिक विद्यायलय (दरबार हाइस्कुल) लाई चीन सरकारको सहयोगमा पुननिर्माण गर्न लागिएको हो ।
दरबार हाइस्कुलको शुक्रबार एक समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनियाँ राजदूत यु होङले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
भूकम्पपछिको भौतिक संरचना पुनर्निर्माणका लागि २३ जुलाई २०१५ मा २५ वटा पुनर्निर्माणका आयोजनामा नेपाल सरकार, अर्थमन्त्रालय र चीन सरकारको वाणिज्य मन्त्रालयबीच भएको सम्झौता अनुसार यो विद्यालयको पुनर्निर्माण कार्य चीन सरकारले गर्न लागेको हो ।
विद्यालयको २० महिनाभित्र निर्माण कार्य सम्पन्न गरी कार्य आरम्भ गरिएको हो । १ सय ६५ वर्ष पहिले स्थापना भएको यो विद्यालय नेपालकै सबैभन्दा पहिलो विद्यालय हो ।
