‘कांग्रेसले अल्झाए जोशी विरुद्ध महाअभियोग’
काठमाडौं / सत्तारुढ नेकपाका सांसदहरुले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको विषयमा निर्णय गर्ने प्रक्रियामा प्रतिपक्षी कांग्रेसले अल्झाइरहे उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन पार्टीभित्र लबिइङ गरेका छन् । यस सम्बन्धी समाचार आजको कान्तिपुर दैनिकमा छ ।
संसदीय सुनुवाई समितिको बैठक पटक पटक सरिरहेको र समितिभित्रको दुई तिहाइ मतलाई कांग्रेसले बन्धक बनाइरहेको उनीहरुको निष्कर्ष छ ।
सर्वसम्मत निर्णय गर्ने भन्दै समिति बैठक तीन पटक सरिसकेको छ ।
