साँसद निरुदेवि पाललाई पेस्तोल ताकेको आरोपमा ७५ जना पक्राउ
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निरुदेवि पाललाई पेस्तोल मंगलबार साँझ कन्चटमा पेस्तोल ताकेको घटनामा अनुसन्धान गर्न काठमाडौँ प्रहरीले शकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौँका बिभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको आजको नागरिक दैनिकमा खबर छ ।
बुधबार साँझदेखि खटिएको प्रहरीले ७५ जनालाई नियन्त्रणमा लिएको छ, थप अनुसन्धान हुँदैछ, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले भने ।
