राज्यमन्त्री शर्मालाई पक्राउ गर्न अदालतको परामादेश

तु खबर संवाददाता
२०७५ श्रावण १८, शुक्रबार ०६:४३

जनकपुर । प्रदेश सरकारका समाजिक विकास राज्यमन्त्रीलाई पक्राउ गर्न जनकपुर उच्च अदालतले जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा परमादेश जारी गरेको छ ।

सशस्त्र प्रहरी बलका हवल्दार थमनबहादुर विकका हत्यामा आरोपी रहेका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न प्रहरीको नाममा अदालतले परमादेश जारी गरेको हो । न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र डा. रवी शर्मा अर्यालको इजलासले यस्तो आदेश जारी गरेको हो ।

मृतक विककी श्रीमति शोभा गहतराजले पीडकलाई प्रहरीले पक्राउ नगरेको भन्दै उच्च अदालतमा परमादेश माग गर्दै निवेदन दर्ता गरेकी थिइन् । मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारी महोत्तरीको जलेश्वर स्थित सशस्त्र प्रहरीको जलसागर गणमा कार्यरत असई विकको हत्या गरेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*