मुख्यमन्त्री ज्यू, छोड्दिनुस् मकवानपुर बहुमुखी क्याम्पस र सहिद स्मारकको अध्यक्ष पद

तु खबर संवाददाता
२०७५ श्रावण १७,बिहीबार २०:३९

बलराम पुडासैनी
मकवानपुर १७ साउन । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको विषयमा आजभोलि धेरैले चासो राख्न थालेका छन् । मुख्यमन्त्रीको विषयमा चासो राख्नु कुनै नौलो कुरा होईन तर उनी ३ नम्बर प्रदेशको मुख्यमन्त्री मात्रै होईनन् । उनी हाल मकवानपुर बहुमुखी क्याम्पस र सहिद स्मारक विकास समिति हेटौंडाका अध्यक्ष पनि हुन् । धेरैको चासो यहि विषयमा पर्ने गरेको छ , प्रदेशको मुख्यमन्त्री जस्तो व्यस्त र सम्मानित पदमा भएको मानिसले जताततै आफुले मात्र पद ओगटेर बस्नुपर्ने आवश्यता पनि देखिदैन ।

त्यसोत क्याम्पस व्यवस्थापन समिति, सहिद स्मारक विकास समिति जस्ता पदहरुमा रहेर काम गर्न सक्षम र सक्रिय अन्यलाई पनि खाँचो छ । तर मुख्यमन्त्री पौडेलले आफु मुख्यमन्त्री भैसक्दा समेत यी पदहरुबाट राजिनामा दिन किन चाहेनन् यस विषयमा धेरैको चासो छ ।

उनले राजिनामा दिन चाहेका छन् / छैनन् वा विर्सिएका हुन् ?

त्यसो त उनले यसअधि तत्कालिन हेटौंडा नगरपालिकामा १० बर्ष मेयर भई कार्यभार संचालन गरिसकेका छन् । उनको सोहि कार्यकाल भित्रै २०५१ सालमा उनले सहिद स्मारकको स्थापना गरे । उनी सहिद स्मारकका संस्थापक अध्यक्ष पनि हुन् । उनले आफ्नो कार्यकालमा हेटौंडा बजार क्षेत्रका मुख्य सडकहरुमा बृक्षरोपण गरी हरियाली बजार समेत निर्माण गरेका छन् ।

२०५४ बाट नेपाल नगरपालिका संघको अध्यक्ष भई जिम्मेवारी सम्हालेका पौडेलले राज्य पुनर्संरचना सुझाव आयोजनामा सदस्य भएर पनि काम गरिसकेका छन् । अन्तराष्ट्रिय संस्था यूसिएलजीको उपाध्यक्ष भएर अनि सिटिनेटको कार्यकारी सदस्य, जस्ता विभिन्न सामाजिक पदहरुमा समेत उनले आफुलाई सक्रिय भएर प्रश्तुत गराईसकेका छन् ।

लामो र चुनौतिपुर्ण राजनितिक जिवनको अनुभव बटुलिसकेर उनी हाल मुख्यमन्त्रीसम्म बने, उनले तत्कालिन नेकपा एमालेकी केन्द्रिय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई १० मतले पराजित गरेर मुख्यमन्त्री बनेका थिए । उनी आजभोलि प्रदेशसभा र प्रदेशकै विषयमा धेरैजसो व्यस्त रहन्छन् । अब यसरी सबैतिर पद ओगटेर बस्दा आफुभन्दा पछाडीकाले अवसर कहिले पाउलान् ? उनलाई एकपटक सोध्नैपर्ने भएको छ, मुख्यमन्त्री ज्यू तपाईले मकवानपुर बहुमुखी क्याम्पस र सहिद स्मारक विकास समितिको अध्यक्ष पदबाट राजिनामा दिन नचाहेको की चाहेर नि बिर्सिनुभएको  ?

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*