३ नम्बर प्रदेशका मुख्यमन्त्री पौडेलद्वारा हेटौंडा अस्पताल परिसरको छाता ओढेर अनुगमन( फोटो फिचर)
मकवानपुर १६ साउन । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरपणि पौडेलले हेटौंडा अस्पताल परिसरको अनुगमन र सुधारका लागि आदेश दिएका छन् । मंगलबार मुख्यमन्त्री पौडेल, सामाजिक विकासमन्त्री युवराज दुलाल लगाएतले अस्पतालको अनुगमन गरेका हुन् ।
अस्पातालमा परिषर व्यवस्थीत नभएको , विभिन्न कक्ष संचालनका लागि भवन पर्याप्त नभएको र हाल निर्माणाधिन भनव समेत निर्माणमा ढिलासुस्ती भएपछि अस्पताल परिसरको निरिक्षण गरी आवश्यक व्यवस्थापनको लागि अनुमगम गरिएको हो ।

। निरिक्षण पश्चात अस्पताल परिसरमा हाल बनिरहेको भवन छिट्टै निर्माण सम्पन्न गर्नको लागि ठेकेदार कम्पनीलाई समेत आदेश दिईएको छ । अस्पताल संचालनको लागि आवश्यक विभिन्न कक्षहरु स्टोर कोठा फार्मेशी संचालनका लागि आवश्यक कोठा र काउन्टर प्रभावकारी नभएकोमा त्यसको व्यवस्थापन समेत छिट्टै गर्न मुख्यमन्त्री पौडेलले आग्रह गरेका छन् ।

निर्माणाधिन भवन छिट्टै तयार पार्न र व्यवस्थापनको क्रममा केहि समस्या भए आफुलाई जानकारी गराउन समेत मुख्यमन्त्री पौडेलले आग्रह गरेका छन् । उनले आफैंले अस्पताल परिसरका विभिन्न कक्षहरु अनुगमन गरेका छन् ।
हेर्नुहोस तस्वीर :




