नेपालले आज अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा ऐतिहासिक डेब्यू गर्दै

तु खबर संवाददाता
२०७५ श्रावण १६, बुधबार १२:३०

काठमाडौँ, १६ साउन । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि पुलको काम गरिरहेको नेपाली क्रिकेट टोलीले आज ऐतिहासिक पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २ दशकपछि नेपालले यो अवसर पाएको हो ।

नेपालले बुधबार नेदरल्यान्ड्ससँग भिड्नेछ । साढे चार महिनाअघि जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाएको थियो । खेल आज दिउँसो २ः४५ बजे भिआरए मैदान, आम्सटर्डममा हुनेछ । नेपाली टिमको नेतृत्व पारस खड्काले गर्नेछन् । नेदरल्यान्ड्स नेपालभन्दा बढी अनुभवी छ । चार वर्षअघिसम्म उसले ७९ एकदिवसीय खेलिसकेको छ ।

नेपाली टिममा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल रहेका छन् । त्यस्तै नेदरल्यान्डको टिममा पिटर सिलार (कप्तान), वेस्ले बारेसी, बास डे लिडी, बेन कुपर, स्कट इडवाड्र्स, फ्रेड क्लासन, हिडे ओभरजिक स्टेफिन माइबुर्घ, पाउल भान मीकेरेन, म्याक्स ओडोड, हिडी ओभरजिक्स, मिचेल रिप्पोन, सेन स्टनर र ड्यानियल टेर ब्राक रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*