राक्सिराङमा काँग्रेस बिरुद्ध चर्किए सांसद ओम घलान

तु खबर संवाददाता
२०७५ श्रावण १६, बुधबार ११:५८

मकवानपुर, १६ साउन । प्रदेश नम्बर ३ का प्रदेशसभा सांसद ओम घलानले नेपाली काँग्रेसले पार्टी प्रवेशको नाममा राक्सिराङका गरिब जनतालाई रनभुल्ल पारेको आरोप लगाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राक्सिराङ गाउँपालिका वडा नम्बर ५ को कार्यकर्ता परामर्श एवं प्रशिक्षणात्मक कार्यक्रममा प्रमुख अतिथि रहेका घलानले कार्यक्रममा बोल्दै काँग्रेसले पार्टी प्रवेशको नाम दिँदै जनताको नाङ्गो आङ र खाली पेट देखेर बल्छि थाप्नेहरुको संज्ञा दिएका हुन् । उनले काँग्रेसको त्यस्तो राजनीति अराजनतिक भएकोले चरित्रहिन राजनीति बन्द गर्न आग्रह समेत गरे । जनतालाई बिचार सिद्धान्तले सङ्गठित गर्न नसकेपछि काङ्ग्रेसले यस्तो हर्कत देखाएको उनले बताए ।

घलानले काङ्ग्रेसको एजेन्डा बिहिन आन्दोलनले अहिलेको सरकारलाई केहि असर नपर्ने र यो आन्दोलनले राजा र दरबारियाहरुलाई ब्युँझाउने काम भएकोले गणतन्त्र र संघीयता पक्षधरहरु अब एकजुट रहन आग्रह समेत गरे ।

शंकर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा जिल्ला सदस्य बनस्तम थिङ, सुन्तली चेपाङ कृष्ण बहादुर प्रजा, हस्तबहादुर मोक्तान लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*