बाख्रा चराउन गएका बालक महाकाली नदीमा खसेपछि
डडेल्धुरा १६ साउन । बाख्रा चराउन भनेर घरबाट निस्कीएका बालक महाकाली नदिको किनारमा पानी पानी खान खोज्दा ढुंगाबाट चिप्लेर नदीमा बेपत्ता भएका छन् ।
११ बर्षका बालक नदीमा खसेपछि बेपत्ता भएका हुन् । डडेल्धुरा पर्शुराम नगरपालिका–५ घर भएका प्रवेश सिंह बेपत्ता घरबाट बाख्रा चराउन निक्लीएका थिए तर उनी महाकाली नदीमा खसेको जानकारी भएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।
प्रहरी र गाउँलेले उनको खोजी कार्य जारी राखेको भए पनि अहिलेसम्म फेला नपरेका इलाका प्रहरी कार्यालय जोगबुढाले जानकारी दिएको छ ।
बालकको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
