तु खबर समाचार प्रभाव : दामन सहरी स्वास्थ्य केन्द्रमा भयो विद्युत विस्तार

तु खबर संवाददाता
२०७५ श्रावण १५, मंगलवार १८:३९

बलराम पुडासैनी
मकवानपुर १५ साउन । मकवानपुरको उत्तरी क्षेत्रस्तिथ दामन सहरी स्वास्थ्य केन्द्रमा विद्युत विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरण पालुङ शाखाको ढिलासुस्तीका कारण विद्युत विस्तार अलपत्र परेको स्वास्थ्य केन्द्रमा अहिले भने बत्ती बल्ने भएको छ ।
स्वास्थ्य केन्द्रले नेपाल बिद्युत प्राधिकरण पालुङ शाखालाई पटक पटक सहयोग माग्दा समेत शाखाले वेवास्ता गरेपछि स्वास्थ्य केन्द्रको टोली तु खबरसंग सहयोगको अपेक्षा गर्दै जोडिएको थियो । तु खबरले साउन १० गते पालुङ साखाको चरम लापरवाही भएको भन्दै समाचार प्रकाशन गरेपछि प्राधिकरण पालुङ शाखाले छिट्टै विद्युत विस्तारमा सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो ।

सोहि अनुसारनै स्वास्थ्य केन्द्रसम्म विद्युत विस्तारको काम गर्न प्राधिकरण पालुङ साखाले सहयोग गरेको स्वास्थ्य केन्द्र प्रमुख घिमिरेले जानकारी दिए । उनले भने विद्युतको पोल गाढ्ने तार विस्तार गर्ने काम भईसकेको छ अब केहि काम बाँकी छ ।
विद्युत विस्तार नहुँदा बिद्युतबाट संचालनहुने नेबुलाईजर मेसिन, अक्सिजन मेसिन लगाएतका मेसिनहरु स्वास्थ्य केन्द्रमा भएता पनि संचालनमा आउन सकेका थिएनन् । तर विद्युत विस्तारपछि भने विरामीहरुलाई उपचारमा केहि सहजता हुने घिमिरेले बताए ।
उक्त विषयमा पालुङ शाखा प्रमुख सन्तोस पन्तसंग तु खबरको फोन सम्पर्कमा पन्तले चाँडैनै विद्युत विस्तारको काम गर्न आफुले सहजिकरण गर्ने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*