‘नेपाली काँग्रेस मुर्दावाद’ भनेपछि सापकोटाले खाए कुटाई
मकवानपुर, १५ साउन । नेपाली काँग्रेसले सरकार विरुद्ध आज मकवानपुरमा गरेको प्रदर्शनका क्रममा काँग्रेस कार्यकर्ताको पिटाइबाट एक जना घाईते भएका छन् ।
नेपाली काँग्रेसका सभापति इन्द्रबहादुर बानियाँले बोल्दै गर्दा हेटौंडा ६ चौघडा बस्ने सन्तोष सापकोटा जुलुसमा छिरेर काँग्रेसको आन्दोलन गलत भएको र स्थायी सरकारले ५ वर्ष ढुक्कले काम गर्न पाउनुपर्ने भन्दै नेपाली काँग्रेस मुर्दावाद भन्ने नारा लगाउन थालेपछि काँग्रेस कार्याकर्ताले कुटपिट गरेका हुन् ।
उनले त्यसक्रममा नेकपा जिन्दावाद भन्ने नारा समेत लगाएका थिए ।
प्रहरी कन्ट्रोलका अनुसार, सापकोटाले मादक पदार्थ सेवन गरेका छन् ।
आँखामा चोट लागेको उनको सामान्य उपचारपछि प्रहरी कन्ट्रोलमा राखिएको छ । नेपाली काँग्रेस मकवानपुरले भने आफ्नो पूर्वनिर्धारित कार्यक्रममा नेकपाले घुसपैठ गराएको बताएको छ ।
