ट्राफिक अपडेट–मोटरसाईकलले साईकललाई ठक्कर दिँदा भोलाको ज्यान गयो

तु खबर संवाददाता
२०७५ श्रावण १५, मंगलवार १६:१९
File Photo

धनुषा, १५ साउन । धनुषाको मिथिला नगरपालिका ६ कृषी कार्यालय नजिक सडकखण्डमा मोटरसाईकलले साईकललाई ठक्कर दिदा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साईकलयात्री स्थानिय ५० बर्षिय भोला महतो रहेका छन् । दुर्घटनामा परी घाईते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा परी घाईते भएका मोटरसाईकलमा पछाडी सवार एक जनालाई उपचारका लागि महोत्तरीको बर्दिवास तर्फ पठाईएको छ ।

आज बिहान साढे ११ बजे पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको ज ११ प ६४ ३८ नम्बरको मोटरसाईकलले महतो सवार साईकललाई ठक्कर दिदाँ दुर्घटना भएको हो । दुर्घटनामा संलग्न मोटरसाईकल सहित चालकलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*