मकवानपुरका सिडिओ तामाङ भन्छन् : “जहाँ इस्यू त्यहाँ एक्सन लिन्छु ”
मकवानपुर १५ साउन । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मकवानपुरको शान्ति सुव्यवस्था कायम गर्नको लागि प्रशासन क्षेत्रबाट सक्रिय भएर काम गर्ने बताएका छन् । आज पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो कार्यकालमा जहाँ ईस्यू त्यहाँ एक्सन लिने बताए ।
उनले विभिन्न संघसस्था संगको समन्वय र अनुगमनमा जोड दिने समेत बताए । यसअधि मकवानपुरका प्रजिअ चक्रबहादुर बुढाको कार्यकालमा बाँकी भएका मुद्धाहरु उपर छानवीन गर्ने समेत बताए ।
उनले पत्रकारहरुले आफुलाई दिएको सुचनाको आधारमा त्यसमाथी छानवीन गरी आवश्यक कारवाही गर्ने बताए । आगामी योजनाहरुमा हेटौंडा बजार अनुगमनमा जोड दिने गुण्डागर्दी नियन्त्रण गर्ने र प्रहरी प्रशासनलाई सुरक्षामा थप जोडदिन आग्रह गर्ने बताए ।
जुनसुकै समयमा पनि आफु समक्ष आएको जनताको समस्यामाथी छानवीन र प्रशासनबाट प्राप्त गर्ने सेवा सुविधामा कमीहुन नदिने बताए ।
