लागुपदार्थ ओसारपसारमा सम्लग्न मगर सोमबार नागढुंगामा परे पक्राउ
काठमाडौं १५ साउन । लागुऔषध लुकाईछिपाई ओसारपसार गरेको अभियोगमा प्रहरीले सोमबार रोल्पा घर भएका ३६ बर्षीय सोतबहादुर मगरलाई पक्राउ गरेको छ ।
चन्द्रगिरी नगरपालिका २ नागढुंगा चेकपोष्टमा बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८८४८ नम्बरको यात्रु बाहक बस जाँच गर्नेक्रममा बसमा सवार मगरले झोलामा लुकाई छिपाई ल्याउदै गरेको अबस्थामा उक्त लागूऔषध फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
