राप्तिरोडमा प्रहरी लगाएर नो पार्किङमा कडाई

तु खबर संवाददाता
२०७५ श्रावण १५, मंगलवार १३:३०

हेटौँडा, १५ साउन । करिब एक महिना अगाडि नो पार्किङ क्षेत्र घोषणा गरिएको राप्रिोड क्षेत्रमा हिजो व्यवसायीले पार्किङ गरेपछि हेटौँडा उपमहानगरपालिकाले कडा एक्सन लिएको छ ।

राप्ती रोडमा मात्र उपमहानगरपालिकाले नो पार्किङ कायम गर्दा व्यवसाय धरापमा परेको भन्दै हिजो सोमबार व्यवासायीले नो पार्किङको अवज्ञा गरेका थिए । जिल्ला प्रहरी कार्यालय अगाडि रहेको खाली ठाउँमा पार्किङको व्यवस्था गरिसकेको अवस्थामा व्यवसायीहरु एकोहोरो पार्किङको विरोध गर्नुको कुनै तुक नरहेको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउँदै आएका छन् । यस्तो अवस्थामा समेत नो पार्किङको अवज्ञा भएपछि उपमहानगरपालिकाले मंगलबार बिहानबाट फेरि नो पार्किङलाई कायम गर्नका लागि प्रहरी नै परिचालन गरेको छ ।

हेउमनापा र जिल्ला प्रहरी कार्यालयले मंगलबार बिहानैबाट राप्ती रोडमा नो पार्किङ कायम गर्न जनपथ प्रहरी र नगर प्रहरी परिचालन गरेको हो । प्रहरीले राप्ती रोडमा सवारी साधन पार्किङ गर्न रोकिरहेका छन् ।

हेउमनपाले गत असार १७ गते राप्ती रोडमा नो पार्किङ लागू गरेका थिए । राप्ती रोडमा मात्र नो पार्किङ गर्दा मारमा परेको भन्दै व्यवसायीले विरोध जनाउँदै आएका छन् । मउवासंघले पार्किङ व्यवस्थापनको प्रतिवेदन कार्यान्वयन गर्न वा राप्ती रोडमा मात्र लागू गरेको नो पार्किङ हटाउन भन्दै उपमहानगरपालिकाको निर्णयको विरोध गरिरहेको छ । आन्दोलनको कार्यक्रम अन्र्तगत बुधबार हेउमनपा कार्यालय घेराउ गर्ने कार्यक्रम समेत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*