हेटौंडाका मेयर महतलाई तु खबरको प्रश्न : “खाली एकल निर्णय लिनुहुन्छ, तपाई मुडी हुनुहुन्छ हो ?”

तु खबर संवाददाता
२०७५ श्रावण १५,मंगलवार १२:५२

मकवानपुर १५ साउन । मकवानपुरको हेटौंडामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । नो पार्किङको विषय चर्चामा छ । अटो व्यवसायीहरुको पनि आफ्नै गुनासो छ । हेटौंडा उपमहानगरपालिका र जिल्ला ट्राफिकको एकल निर्णय अनुसार नो पार्किङ लागु गरिएको भन्दै मउवा संघले आन्दोलन समेत गरिरहेको छ । साथै नो पार्किङ लागु भएपछि व्यवसायमा असर परेको भन्दै राप्तीरोड बासीहरुले आपत्ती जनाएको विषयलाई लिएर उपमहानगरपालिकाकै उपमेयर मिना कुमारी लामाको नेतृत्वमा पार्किङ अध्ययन समिति समेत निर्माण गरिएको थियो । तर उक्त समितिले बजार अनुगमन पश्चात बुझाएको प्रतिवेदन उपर नगरपालिकाले कुनै वास्ता नगरको भन्दै अहिले मउवा संघ विरोधमा उत्रीएको छ । यीनै विषयमा मउवा संघ र उपमहानगरपालिकाबीच टकराव चलिरहेको छ । के मेयर महतले एकल निर्णय लाद्नै खोजेको हुन त ?

तु खबरका जी. न्यौपानेले गरेको कुराकानीमा मेयर महत यसो भन्छन् :
प्रश्न : हेटौंडा बजारको राप्तीरोडमा नो पार्किङ लागु गरेपछि मेयर ज्यूले मुडमा काम गर्नुहुन्छ एकल निर्णय लिनुहुन्छ भन्ने आरोप छ नी तपाई माथी ?

उत्तर : प्रश्नलाई अन्यथा लिईन । मलाई आफु मुडी छु जस्तो लाग्दैन, मैले पनि कानुनको पालना गर्नुुपर्छ । कानुनले मयेरलाई जति अधिकार दियो त्यहि अनुसार काम गर्ने हो । अर्को एकल निणर्यको सवालमा मैँले कहिँपनि एकल निर्णय लिएको छैन । हामी कार्यपालिका महासाखा प्रमुखहरु, कार्यकारी अधिकृतहरुसंग छलफल गरेरै काम गरिराखेका हुन्छौं । त्यसमा एकल निणर्यको कुरै आउँदैन । अब कसैलाई मेयरको स्वभाव मनपर्ने हुन्छ । कसैलाई मन नपर्ने हुन्छ । त्यस्तै त हो नि होईन र ?
प्रश्न : हेटौंडाको राप्तीरोडलाई मात्र नो पार्किङ बनाउँनुपर्ने हो त ?
उत्तर : त्यस्तो होईन । काम गर्दै जाने क्रममा राप्ती रोड पहिलो प्राथमिकतामा परेको हो । पहिला हामि हाईवे क्लीयर गर्दैछौं । त्यसपछि शाखा रोडहरुमा जान्छौं । मलाई अचम्म के लागेको छ भने, हाईवेमा सवारी साधन रोक्न पाईएन जसका कारण हाम्रो व्यवसायमा असर भयो भन्छन् व्यवसायीहरु ,यो पनि कुनै तर्क हो ?
त्यहा रोकिने गरेका अधिकाँश कार वा मोटरसाईकल ग्राहकको होईनन् । व्यवसायीहरुकोनै हो । हामीले बकैदा जिल्ला प्रहरी कार्यालय अगाडी पाईप गाडेर ,डोरी टाँगेर साईनबोर्ड समेत राखेका छौं सोहि अनुसार व्यवसायीको मोटरसाईकल पार्किङ व्यवस्थापन गरेका छौं । म उहाँहरुलाई एउटा प्रश्न गर्न चाहान्छु , आफ्नो पसल अगाडि सवारी साधन रोक्न पाईन, व्यवसायमा असर पर्यो भन्नु कत्तिको उचित छ ? २५/३० मिटर पर मोटरसाईकल रोकेर दोकान खोल्न आउन सकिन्न ? त्यो अलिकति पनि हिड्न नसक्ने हाम्रो बाँनी हो ।

प्रश्न : मउवा संघ अहिले राप्तीरोडको नो पार्किङको विषयलाई लिएर विरोधमा छ , यस विषयमा के भन्नुहुन्छ
उत्तर : लोकतन्त्रमा विरोध गर्न पाईन्छ । उहाँहरुले विरोध गरिराख्नुभएको छ । त्यो उहाँहरुको अधिकारको कुरा हो । मउवा संघले गरेको विरोधको कुरालाई हामीले अन्यथा लिएका छैनौं । अब नो पार्किङको कुरामा हाईवेमा कतैपनि २ चक्के र ४ चक्के गाडि राख्न पाउनुपर्छ भन्ने नियम कतै पनि हुँदैन । र नेपालको कानुनमा पनि त्यो कुुरो छैन । यो चाँहि ट्राफिक व्यवस्थापन भित्र पर्छ । त्यसैले जिल्ला प्रहरी कार्यालय र हेटौंडा उपमहानगरपालिका मिलेर उचित व्यवस्थापन गरेका छौं । बढ्दो सहरीकरणको बेलामा समयमानै उचित ट्राफिक व्यवस्थापन गरेनौं भने अहिले काठमाण्डांैमा भएको जस्तै सवारी जाम हेटौंडामा पनि नहोला भन्न सकिन्न यो सबैको चासोको विषय हो । यसमा उद्योग वाणिज्य संघले र सबैले सहयोगको भुमिका खेल्नुपर्छ । विरोधको हाईन ।
प्रश्न : ४ पाङग्रे त परै जाओस २ पाङग्रै सवारीलाई समेत १ छेउमा रोक्छु भन्दा पनि नपाउने नगरपालिकाको कस्तो नियम हो यो ?
उत्तर : त्यस्तो होईन । राप्तीरोडका व्यवसायी वा राप्तीरोडमा सामान किन्न आउने ग्राहकहरुका २ चक्के सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय अगाडी बकैदा पाईपहरु गाडेर डोरी टाँगेर, एरिया समेत छुट्याईदिएका छौं ।
प्रश्न : तपाईले नै बनाउनुभएको ट्राफिक व्यवस्थापन अध्ययन समिति, जसको संयोजक समेत हेउनपाकै उपमेयर मिना कुमारी लामा हुनुहुन्छ । त्यो समितिलाई वेवास्ता गर्नुभयो रे नी त ?
उत्तर : त्यसो होईन । उपमेयर ज्यू को संयोजकत्वमा एउटा समित गठन गरेको हो । त्यो समितिले सुझाव दिने हो । सुझाव दिएको छ हामीलाई । त्यसमा सबै क्षेत्रका वडाअध्यक्षहरुपनि हुनुहुन्छ । उद्योग वाणिज्य संघका अध्यक्ष ज्यू पनि हुनुहुन्छ । उहाँहरुले दिनुभएको सुझाव अनुसारनै हामीले काम गरिराखेका छौं ।
प्रश्न : तपाई त्यसो भन्नुहुन्छ , समितिका सदस्यहरु भने एकपटक पनि छलफलमा पनि नबोलाएको भनिरहेका छन् । कुरा के हो खासमा ?
उत्तर : हामीले उपमेयरको संयोजकत्वमा उक्त समिति बनाएको हो । त्यो समितिले हामीलाई एक हप्ता भित्रमा प्रतिवेदन पेश गर्ने भनिएको छ । उहाँहरुले सुझावपनि दिईसक्नुभएको छ । उहाँहरुकै सुझाव अनुसार हामीले विकल्प दिँदै ट्राफिक व्यवस्थापन गरिराखेँका छौं । त्यो समितिलाई फेरीपनि छलफलमा बोलाईराख्नुपर्छ भन्ने जस्तो मलाई लाग्दैन । जरुरत पर्यो भने फेरी बसौंला । के आपत्ती भयो र ?
प्रश्न : अव मउवा संघको आन्दोलनको अतिजा चैँ के हुन्छ त ?

उत्तर : मैंले अधिपनि भनिँसके लोकतन्त्रमा आन्दोलन गर्न पाईन्छ । विरोधको भोईसहरु पनि राख्न पाईन्छ । यो उहाँहरुको अधिकारका कुरा हुन् । म यस विषयमा थप केहि भन्न चाहान्न । उहाँहरु लगाएतले हामीलाई सहयोग गर्ने हो, उहाँहरुको सहयोगको अपेक्षा हामी गर्छौं । विरोध होईन । उहाँहरु पनि व्यवसायीको हितको लागि काम गरिरहनुभएकोले उहाँहरुको माग केहि जायज छ ।

प्रश्न : नाम मात्रैको विकल्प भयो भन्ने गुनासो छ नी हेटौंडावासीको ?
उत्तर : एक त हामी युद्धस्तरमा लागेका छौं । हामी यहि पार्किङको विषयलाई लिएर कार्यपालिकामा बैठक बस्दै छौं । कार्यपालिकाको छलफलबाट के निष्कर्ष आउँछ त्यसै अनुसार उहाँहरुलाई विकल्प दिएर मात्रै पार्किङको व्यवस्था गर्छौैं ।

प्रश्न : २५ सय अटोहरु हेटौंडामा संचालनमा छन् । गरिखाने भाँडो उनीहरुको त्यही हो, बजारमा अटोको लागि चैैँ पार्किङ एरिया नहुँदा मर्का परेको गुनासो गरिरहेका छन् नी उनीहरु ?

उत्तर : पहिलो कुरा त उहाँहरुले नगरपालिकाबाट ईजाजत लिनु भएको छ ? उहाँहरु कसैले पनि नगरपालिकबाट ईजाजत लिनुभएको छैन् । कस्को अनुुमति लिएर अटो किन्नु भयो ? त्यो उहाँहरुलाई नै थाहा होला । अब एउटा सहरमा कति सवारी साधनहरु चाहिन्छ त्यो पनि आँकलन गर्नुपर्ने हो हामी सबैले । अब चाहिने भन्दा बढी अटो ल्याएका छौं । स्वीकृती नलिईकननै चलाएका छौं । उहाँहरुलाई पनि ट्राफिक व्यवस्थापन गर्छौं हामी । सबै एकैचोटी त हुँदैन । हामी क्रमश पहिला हाईवे क्लीयर गर्दैछौं । त्यसपछि साखा रोडहरुमा छिर्छौं । त्यसपछि अटो , माईक्रो बस , साझा यातायात , टेम्पो ,र साना सवारीलाई पनि उचित पार्किङको व्यवस्थापन गर्ने प्रयास गर्छौं ।

प्रश्न : बजारमा अहिले सडक विस्तारको कुराहरु पनि उठिरहेका छन् । मउवा संघले १६ मिटर विस्तारको कुरा अधि सारेको छ । उपमहानगरपालिकाको धारणा चैं के हो त ?
उत्तर : अब यो उद्योग वाणिज्य संघले १६ मिटर बाटो तोक्ने र हटौंडा उपमहानगरपालिकाले २५ मिटर बाटो लम्ब्याउने भनेर हुँदैन । यो छलफलको विषय हो । यो विषयमा सेन्ट्रल गर्भरमेन्टसंगपनि सोध्न गईराखेका छौं । सेन्ट्रल गर्भरमेन्टले पनि यसको विषयमा केहि भन्लान । त्यसपछि यो विषयमा केहि भन्न सकिएला यस विषयमा नगरपालिकाले पनि जतिसक्दो छिटो आज भोलीनै सम्बन्धीत निकायलाई पत्राचार गर्ने छ ।

प्रश्न : सवारी साधनका मात्र कुरा गरियो पैदल यात्री वा साईकल यात्रीको कुरा त आउँदैआएन नी ?
उत्तर : त्यस कुरालाई पनि कार्यपालिकाको बैठकलेनै निर्णय गर्छ । त्यो बेलामा सम्बन्धीत निकायहरु जिल्ला प्रहरी कार्यालय , ट्राफिक प्रहरी कार्यालय , व्यवसायीको तर्फबाट केहि पतिनिधिहरु र मउवा संघलाई पनि छलफलमा बोलाउँछौं । के गर्न सकिन्छ भनेर व्यापक छलफल गर्छौं र हामी एउटा उचित निस्कर्ष आजभोलिनै निकाल्छौं ।

प्रश्न : अन्तमा के भन्न चाहानुहुन्छ ?

उत्तर : हेटौंडा उपमहानगरपालिका विकासको काममा लागिपरेको छ । हेटौंडालाई विकास गर्नु हामी सबैको दायित्व हो । त्यसकारण सबै क्षेत्रबाट सल्लाह सुझाव ,सहयोगको अपेक्षा गर्दछौं । मेयर कुनै पार्टीको होईन सबैको मेयर हो । त्यसकारण हेटोंडा उपमहानगरपालिकाले गरेको काममा सबैले सहयोग गरिदिनुहुन आग्रह गर्दछु । हेउनपाको मेयरको तर्फबाट भन्नुपर्दा अहिलेलाई यत्ति भन्छु ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*