कर वृद्धि गरेर जनताको ढाड सेक्न खोज्ने सरकार विरुद्ध भोली बिरोध जुलुस गर्छौँ : बाँनिया

तु खबर संवाददाता
२०७५ श्रावण १४, सोमबार १६:१६

मकवानपुर १४ साउन । नेपाली कांग्रेस मकवानपुरले   सरकारलाई दवाव स्वरुप भोलि  १५ गते  मकवानपुरमा विरोध जुलुस गर्ने भएको छ । आज काँग्रेस पार्टी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गरी संविधान बमोजिम संसदमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था अनुसार गर्न सरकारलाई दबाब दिने लगायतका केन्द्रीय कार्यक्रम अन्तर्गत भोलि मकवानपुरमा पनि विरोध जुलुस आयोजना गरिने ३ नम्बर प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता तथा  नेपाली कांग्रेस पार्टी मकवानपुरका सभापति  ईन्द्र बहादुर बाँनियाले  बताए ।

बाँनियाले सरकारले अहिले जनताको ढाड सेक्नेगरी कर बृद्धी गरेको बताए । उनले भने हालको सरकारले संविधानमा व्यवस्थानै नभएको विषय संसदमा एउटै पार्टीको सभामुख र उपसभामुख हुँदा समेत केहि नबोलेको बताएका छन् । उनले सरकारले कर बृद्धी गरी जनताको ढाड सेकेको समेत बताए ।

भुकम्प पिडितहरुलाई सरकारले विभिन्न  सेवा सुविधा तथा सहुलियत प्रदान गर्नुको सट्टामा उल्टो आवास निर्माणका लागि आवश्यक विभिन्न सामाग्रीहरुमा कर बृद्धि गरेको भन्दै यसको पनि विरोध स्वरूप  मकवानपुरमा विरोध जुलुस गर्ने बताए ।

कार्यक्रममा काँग्रेसकी केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डिना, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, पुर्व सभापति रघुरमण न्यौपाने, उप–सभापति विष्णु लामिछाने, पार्टी नगर सभापति  आनन्दराम पराजुली लगाएत पार्टीका अन्य पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*