नयाँ सिडिओ आस्मान तामाङ मकवानपुर आईपुगे

तु खबर संवाददाता
२०७५ श्रावण १४, सोमबार १५:३९

मकवानपुर १४ साउन । मकवानपुरबाट सिडिओ चक्र बहादुर बुढाको कास्की जिल्लामा सरुवा भएपछि मकवानपुरमा प्रमुख जिल्ला अधिकारीकोे कार्यभार सम्हालन आस्मान तामाङ आएका छन् । सोमबार हेटौंडा आईपुगेका तामाङलाई विभिन्न संघसस्थाहरुले स्वागत कार्यक्रमको आयोजना गरेका छन् ।

तु खबरले मकवानपुरमा भर्खरै आएका सिडिओ तामाङलाई प्रतिक्रियाको लागि फोन सम्पर्क गर्दा उनले आज केहि स्वागतका कार्यक्रममा व्यस्त रहने र आजै बाट प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्ने बताए । आफुलाई विभिन्न निकायहरुबाट स्वागत भएको प्रति उनले खुसी व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*