मेलिना राईको सेलो गीत आयो

तु खबर संवाददाता
२०७५ श्रावण १४, सोमबार १३:४८

एजेन्सी १४ साउन । चर्चित गायिका मेलिना राईको आवाजमा सेलो गीत सार्वजनिक भएको छ । चर्चित गीतकार तथा कलाकार मिलन पाख्रिनको प्रस्तुति ‘मोहनी मन्त्र’ बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

पाख्रिनको शब्द तथा प्रस्तुतीमा बनेको ‘मोहनी मन्त्र’ मा गायक तथा संगीतकार जोगलाल लामाको संगीत संयोजन रहेको छ । गीतको म्यूजिक भिडियोमा निरञ्जली लामा र प्रकाश घिसिङको रोमान्टिक अभिनय छ । साथै बालकलाकार इन्सा पाख्रिन र ओसिना लामाको अभिनयलाई समेत भिडियोमा देख्न सकिन्छ । भिडियोको निर्देशन गरेका अमिर दोङ भिडियोमा गेष्ट रोलमा देखिएका छन् ।

म्यूजिक भिडियोमा बिक्रम लामा मोक्तानले गोकर्ण क्षेत्रको मनोरम दृश्य क्यामेरामा कैद गरेका छन् । म्यूजिक भिडियोलाई डम्फु मिडिया प्रा.लि.को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । हेर्नुहोस् भिडियो–

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*