हेटौँडा मै सुटिङ भएको चलचित्र ‘रुङ्सी टिला’ आउँदो दशैँमा प्रदर्शनमा आउने
–सन्देश थिङ
मकवानपुर, १४ साउन । तामाङ कथानक चलाचित्र ‘रुङ्सी टिला’ (पर्खी बस्छु) यहि आउँदो दशैँमा प्रदर्शनमा आउने भएको छ । ‘ओपेरा इन्फोर्टेन्टमेन्ट प्रा.लि’ को ब्यानरमा निर्माण भएको चलचित्रमा विभिन्न सामाजिक, साँस्कृतिक, मुल्य मान्यता, भाषाको राम्रो ज्ञान दिने र जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्रका निर्माता तथा ओपेरा इन्फोर्टेन्टमेन्ट प्रालिका सञ्चालक बिक्रम लुङ्वाले बताए ।
बाबु थिङको निर्देशन रहेको चलत्रिमा राजु किरातको द्वन्द, बिक्रम लुङवा र बाबु थिङको कोरियोग्राफी तथा देबलाल मोक्तान र सुशिल मोक्तानको संगीत रहेको छ । चलचित्रमा कलाकार बिक्रम लुङ्वा, सानु लामा, सुनिता लुङ्वा, सुस्मा थिङ, राजु नेगी र राधिका स्याङतान लगायतको अभिनय रहेको छ । चलचित्रको सुटिङ गएको बैशाख महिनामा हेटौँडामा भएको थियो ।
