धादिङमा टिपरको ठक्करबाट अधिकारीको मृत्यू
काठमाडौं १३ साउन । धादिङ निलकण्ठ नगरपालिका १० टारीबेशीस्थित सडकमा बा ४ ख ९९१६ नम्बरको टिपर ब्याक गर्ने क्रममा टिपरका सहचालक ज्वालामुखी गाँउपालिका ७ चैनपुर बस्ने २० बर्षीय अतित अधिकारीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकाले प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटार पठाइएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी सिन्धुली सुनकोशी गाउँपालिका ६ खाल्टेस्थित बिपी राजमार्गमा ना १ ज ७०२२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर शनिबार दुर्घटना हुँदा गम्भीर घाइते भएका जीपमा सवार सोही ठाउँ बस्ने ५५ बर्षीय भुलादेवी ठाकुरको केएमसी अस्पताल सिनामंगल काठमाडौंमा तथा धनुषा, धनुषाधाम नगरपालिका ७ बस्ने ६५ बर्षीय कोजुगलकिसोर साहको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका जीपमा सवार चालक समेत अन्य ११ जना स्थानीय अस्पतालमा उपचार पश्चात् फर्किएका छन् भने धनुषा, धनुषाधाम नगरपालिका ६ बस्ने ३८ बर्षीया रितु गिरीको स्थानिय अस्पतालमा उपचार भइरहेको छ
घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको जानकारी छ ।
