६० बर्षीय पुरुष मृत अवस्थामा फेला
काठमाडौं १३ साउन । सर्लाहीको बलरा नगरपालिका ९ अचलगढस्थित मिर्जापुरस्थित रछतौना बजारको बाटोमा हाल नाम, थर, वतन नखुलेका करीब ६० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके नेपालगंज उपमहानगरपालिका १८ लग्दवा गाँउमा हाल नाम, थर, वतन नखुलेका करीब ५५ महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
ईलाम सुर्योदय नगरपालिका १२ करफोकमा हाल नाम, थर, वतन नखुलेका करीब २५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर ललितपुर महानगरपालिका १५ सातदोबाटो गौरीमार्ग डेरा गरी बस्ने हाल वतन नखुलेका ५३ बर्षीय राजेश गुरुङ डेरा कोठामा सुतिरहेको अवस्थामा शनिबार मृत फेला परेका छन् ।
