आज विश्व बाघ दिवस, चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या घट्दै
काठमाडौं, १३ साउन । आज विश्व बाघ दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रमहरु भइरहेको अवस्थामा चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या घट्दै जानु चिन्ता विषय बनेको छ । आज परेको बाघ दिवस ‘समृद्धिका लागि बाघ संरक्षण’ भन्ने नारासहित मनाईंदैछ ।
वासस्थानका कारण बाघ संरक्षणमा चुनौती बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ । नेपालमा २३२ भन्दा केही बढीको संख्यामा बाघ रहेको सरकारी तथ्यांक रहको छ । गएको पाँच वर्षमा बाघको संख्या बढेकोे सरकारी तथ्यांङक छ । सन् २०१३ मा नेपालभर बाघको संख्या १९८ रहेकोमा यस वर्ष ३४ भन्दा बढी बाघ बढेर २३२ भन्दा बढी पुगेको निकुञ्ज विभाग स्रोतले जनाएको छ । विभाग स्रोतका अनुसार शुक्लाफाँटामा बाघको संख्या सन् २००९ मा भन्दा बढेको छैन भने चितवनमा अघिल्लो गणनाभन्दा २२ बाघ घटेको तथ्यांक प्राप्त भएको छ ।
सरकारले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिए अनुरुप बाघको संख्या बढे पनि चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या घट्दै गएको छ ।
