लमजुङ प्रहरीलेद्वारा घरेलु मदिरा बरामद

तु खबर संवाददाता
२०७५ श्रावण १३, आईतवार १३:११

लमजुङ १३ साउन । जिल्ला प्रहरी कार्यालय लमजुङले आज पाँच ग्यालिन भन्दा बढी घरेलु मदिरा र ६५ ड्रम बढी कच्चा पदार्थ जफत गरेको छ । लमजुङको सदरमुकाम बेशीसहरबाट घरेलु मदिरा बरामद गरिएको हो ।

प्रहरी नायव उपरीक्षक यादव ढकालले अधिकांश घटना मदिराकै कारण हुने गरेको भन्दै मदिराजन्य पदार्थ बिक्री वितरणमा विशेष निगरानी बढाएको बताए ।

प्रहरीले शुरु गरेको ‘टोलटोलमा प्रहरी अभियान’ मा विशेषगरी अवैध मदिरा नियन्त्रणलाई प्राथमिकता राखेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*