काँग्रेस नेता आर्चायको गएराति निधन
नुवाकोट १३ साउन । नेपाली काँग्रेसले एक पुनारा नेता गुमाएको छ । गएराती काँग्रेसका पुराना नेता विष्णुबहादुर आचार्यको निधन भएसंगै काँग्रेसले होनाहार नेता गुमाएको हो । आचार्यको ६३ वर्षका उमेरमा पाचक ग्रन्थीको अर्बुदरोगबाट लामो समयदेखि विमार उनको गएराती काठमाण्डौको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
शनिबार साँझ बान्ता हुने र शरीरमा असजिलो भएपछि उपचारका लागि उनलाई अस्पताल लगिएकामा उपचारका क्रममा गए राति नै निधन भएको आचार्यका सहकर्मी तथा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति ध्रुव अधिकारीले जानकारी दिए ।
विसं २०३३ देखि काँग्रेसको राजनीतिमा लागेका आचार्यलाई काँग्रेसले पञ्चायतविरुद्ध ‘आउट पोष्ट’ कब्जा गर्ने नीतिअनुरुप २०४४ सालमा काँग्रेसका तर्फबाट विदुर नगरपालिकाको निर्वाचनमा प्रमुखमा उम्मेदवार बनाएको थियो । पार्टी जिल्ला कमिटीका सदस्य, सहसचिव र सचिव हुँदै २०४६ सालको जनआन्दोलनताका आचार्य जिल्लामा पार्टीको उपसभापति भएर सक्रिय भएका थिए ।
