नेपाली कामदार नगएपछि मलेसिया सरकारलाई छटपटी
मकवानपुर १३ साउन । नेपाल सरकारले मलेसियामा कामदार जान रोक लगाएपछि त्यसमा पुर्नविचार गर्न आग्रह गरेको छ । मलेसिया जाने कामदारमाथि विभिन्न कम्पनी खडा गरी चर्को शुल्क असुली भएको पुष्टी भएपछि दुई महिना अधि नेपाल सरकारले नेपाली कामदारलाई मलेसिया जान रोक लगाएको थियो ।
उक्त रोकले नेपाललाई भन्दा पनि मलेसियालाई ठुलो समस्या परेपछि त्यहाँको सरकारले छलफल चलाएको छ । मलेसियाको मानव संसाधन मन्त्री कुलासेगरनले शनिबार त्यँहाको अँग्रेजी दैनिक पत्रिका द स्टरमा प्रतिक्रिया दिँदै नेपालले आफ्नो देशमा आउने कामदार रोकेको निर्णयमाथि पुर्नविचार गर्न आग्रह गर्दै आफुले यसबारे सोमबार नेपाली राजदुतावासका अधिकारीहरुसंग वार्ता गर्ने र नेपाली कामदार ल्याउँदा नोपल सरकार र मलेसिया सरकार जिटुजी बीचको सम्झौताबाट ल्याउने विषयमा पनि आन्तरिक छलफल चलिरहेको बताएका छन् ।
आजको आर्थिक राष्ट्रिय दैनिकमा समाचार छ ।
