नो पार्किङको विषयमा हेटौंडा उपमहानगरपालिका विरुद्ध मउवा संघको आन्दोलन शुरु

तु खबर संवाददाता
२०७५ श्रावण १३, आईतवार ०९:१३

मकवानपुर १३ साउन । मकवानपुर उद्योग वाणिज्य संघले आजबाट हेटौंडा उपमहानगरपालिका विरुद्ध शुरु गरेको छ ।
उपमहानगरपालिकाले नो पार्किङको विषयमा हेटौंडामा शुरु भएको विदाद पश्चात निर्माण गरिएको अनुगमन समितिको प्रतिवेदन उपर कुनै वास्ता नगरेको भन्दै शनिबार आन्दोलनको घोषणा गरेको थियो ।

आन्दोलनको आजको सेडुल अनुसार हेटौंडाका व्यवसायीहरुले पसल संचालनन गर्ने तर पसल संचालकहरुले कालो पट्टी बाँधेर विरोध जनाउने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए । त्यसैगरी साउन १४ गते बिहान ११ बजेसम्म स्वइच्छिक रुपमा पसल बन्द गर्ने र साउन १६ गते हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा शान्तिपूर्ण रुपमा धर्ना दिने कार्यक्रम रहेको मउवा संघ अध्यक्ष कटुवालले जानकारी दिए ।

उपमहानगरको उप मेयरकै नेतृत्वमा बजार क्षेत्रका कुन कुन स्थलमा नो पार्किङ गर्ने कँहा नबनाउने लगाएको विषयमा अनुगमन समिति निर्माण गरेर समितिले असार ३१ गतेनै उक्त विषयको प्रतिवेदन उपमहानगरपालिकाको कार्यालयमा बुझाएपनि उपमहानगरलेनै उक्त प्रतिवेदनको वेवास्ता गरेपछि शान्तिपुर्ण आन्दोलन हुने तय भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*