नो पार्किङको विषयमा उपमहानगरपालिका विरुद्ध मउवा संघले आन्दोलन गर्ने, यस्तो छ आन्दोलनको सेडुल
मकवानपुर १२ साउन । मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडा उपमहानगरपालिका विरुद्ध आन्दोलनको घोषणा गरेको छ । उपमहानगरपालिकाले नो पार्किङको विषयमा हेटौंडामा शुरु भएको विदाद पश्चात निर्माण गरिएको अनुगमन समितिको प्रतिवेदन उपर कुनै वास्ता नगरेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।
संघले पार्किङ निषेधको विरुद्धमा ब्यबसायीहरुले साउन १३ गते कालोपट्टि बाधी बिरोध प्रदर्शन गर्ने । साउन १४ गते बिहान ११ बजेसम्म पसल बन्द गर्ने र साउन १६ गते हेटौंडा उपमहानगरपालिका कार्यालयमा धर्ना दिने गरी आन्दोलनको तालिका तय गरेको मउवा संघले जानकारी दिएको छ ।
उपमहानगरको उप मेयरकै नेतृत्वमा बजार क्षेत्रका कुन कुन स्थलमा नो पार्किङ गर्ने कँहा नबनाउने लगाएको विषयमा अनुगमन समिति निर्माण गरेर समितिले असार ३१ गतेनै उक्त विषयको प्रतिवेदन उपमहानगरपालिकाको कार्यालयमा बुझाएपनि उपमहानगरलेनै उक्त प्रतिवेदनको वेवास्ता गरेपछि आन्दोलन हुने तय भएको हो ।
