१३ बर्षीय पन्त मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७५ श्रावण १२, शनिबार १८:२४

कंचनपुर, ११ साउन । भिमदत्त नगरपालिका २ उल्टाखाम बस्ने दुर्गा पन्तकी छोरी १३ वर्षीया निर्मला पन्त शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

गएराति घरबाट हराएकी उनको स्थानिय बासिन्दाको सहयोगमा प्रहरीले खोजी गर्ने क्रममा सोही नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा शव फेला परेको हो ।

घटनामा शंकास्पद रहेका २ जनालाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*