गुरु पूर्णिमामा हेटौँडामा ८ जनालाई सम्मान

तु खबर संवाददाता
२०७५ श्रावण ११, शुक्रबार १९:३१

मकवानपुर, ११ साउन । पतञ्जली योग महिला जिल्ला समिति मकवानपुरले आज ८ जनालाई हेटौँडामा सम्मान गरेको छ । गुरु पुर्णिमाका अवसरमा हेटौंडा ७ न्यूरेनीमा आयोजित सम्मान तथा प्रवचन कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा पतञ्जली योग जिल्ला समितिकी पूर्व अध्यक्ष एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, पतञ्जली योग नेपालका केन्द्रिय सदस्यहरु टिकाप्रसाद खतिवडा, हरिकुमार केशी, प्रदेश सदस्य एकनारायण भुषाल, पूर्व अञ्चल प्रभारी कृष्णबहादुर न्यौपाने, मकवानपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष दीपकप्रसाद श्रेष्ठ, योग शिक्षक बिष्णु श्रेष्ठ र योग गुरु ध्रुबप्रसाद पौडेललाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै वक्ताहरुले अन्धकारबाट उज्यालोतर्फ मार्गदर्शन गर्ने गुरुहरुको श्रद्धा र सम्मानमा बृद्धी गर्नुपर्नेमा जोड दिए । बक्ताहरुले गुरुहरु पनि निःस्वार्थ र पैसामुखी हुन नहुने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले योग शिविरको विकास र प्रबद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता तथा पतञ्जली योग महिला जिल्ला समिति मकवानपुरकी अध्यक्ष रुपा श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा पतञ्जली योग नेपालकी ३ नम्बर प्रदेश सहप्रभारी कविता थपलिया, हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडा अध्यक्ष राजन थापा लगायतको आतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*