ट्राफिक अपडेट– मिनी ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यू
काठमाडौँ, ११ साउन । उपत्यकाको थापाथली, कालीमाटी, कोटेश्वर, जडिबुटी, थानकोट, बल्खु, कलंकी सडक खण्डमा चल्ने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् ।
नागढुंगा नाका हुदै उपत्यका भित्रीने र बाहिरीने सवारी साधन पनि चापमै चलिरहेका छन् । नागढुंगा नजिकै ढलान र धादिङको चिसापानी मोडमा सवारी साधन बिग्रीएका कारण चाप रहेको हो । सवारी साधन बिग्रीएका स्थानमा अन्य गाडीहरुलाई आलो पालो चलाउदा उपत्यका भित्रीने सवारी साधनको क्यु धादिङको धार्के सम्म पुगेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । त्यस्तै उपत्यकाबाट बाहिरीने सवारी साधनको क्यु थानकोट सम्म रहेको छ । चाप रहेको स्थानमा सवारी आवागमन सहज बनाउने प्रयास भईरहेको छ । अन्य नाका प्रयोग गरि उपत्यका भित्रीने र बाहिरीने सवारी साधनको आवागमन भने सामान्य रहेको छ ।
कास्कीको लेखनाथ महानगरपालीका ३० माथिल्लो गगनगौडामा आज बिहान मिनि ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । अन्दाजी ३० बर्षीय पुरुषको मृत्यु भएको हो । दमौलीबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ३७ १४ नम्बरको मिनिट्रकको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा पश्चिम क्षेत्रिय अस्पताल पोखरामा बिहान सवा ८ बजे, मृत्यु भएको हो । मृत्तकको सनाखत हुन बाँकी रहेको वडा प्रहरी कार्यालय गगनगौडाले जनाएको छ । पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रीत भएको ट्रक बिजुलीको पोलमा समेत ठोकिएको थियो । चालकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
