महानगरीय प्रहरी भक्तपुरद्वारा काठ चोर्ने गिरोह पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण ११, शुक्रबार १८:०६
File Photo

भक्तपुर ११ साउन । महानगरीय प्रहरी परिसर भक्तपुरले काठ चोर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रहरीले साउन ९ गते सूर्यविनायक नगरपालिका–४ दधिकोट एकताचोकमा शिवजी श्रेष्ठले सञ्चालन गरेको खाँडादेवी फर्निचर उद्योगबाट काठ चोरी गरी लैजाने क्रममा पक्राउ गरेका गिरोहलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दोलखा गौरीशंखर–६ घर भई हाल सूर्यविनायक बस्ने २३ वर्षीय भिम तामाङ, सिन्धुली ध्याङ्ले–७ घर भई हाल सूर्यविनायक बस्ने १७ वर्षीय टल्के थोकर, सिन्धुली ध्याङ्कले–७ घर भई हाल सूर्यविनायक बस्ने २० वर्षीय राजकुमार थोकर, रामेछाप सुनपाती–२ घर भई हाल ललितपुर ज्यासलमा बस्ने ३२ वर्षिय दिपाक खपाङ्गी रहेका छन् ।

प्रहरीले गिरोहलाई खाँडादेवी फर्निचर उद्योगबाट करिव २६ क्यूफिट सालको काठ चोरी गरी भाग्दै गरेको बा १ ख ८६१० नं को मिनीट्रक र चालक काभ्रे फुलबारी–३ घरभई हाल ललितपुर ग्वार्को बस्ने २२ वर्षीय विकास तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए ।

उनीहरुको अरु गिरोहसँग मिलेमतो छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको पोखरेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*