अपडेट : त्रिशूली बस दुर्घटनामा ७ जनाको मृत्यू

तु खबर संवाददाता
२०७५ श्रावण ११, शुक्रबार १७:५६
file-photo

चितवन ११ साउन । त्रिशूलीमा भएको बस दुर्घटनामा मृत्यू हुनेको संङख्या ७ पुगेको छ । साथै २० जना घाईते भएको चितवनका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मृत्यु हुनेमा एक बालक, दुर्इ महिला र चारजना पुरूष रहेका छन् । मृत्यु हुने मध्ये तीन जनाको सनाखत भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

तनहुँ भानु नगरपालिका(५ का वर्ष २७ का सुनिल श्रेष्ठ, तनहुँ केशवटारका वर्ष ४० का बाबुराम तिवारी र काठमाडौंका ३० वर्षका रविन गुरुङको सनाखत भएको हो ।

घाइतेहरु सवैको उद्दार भइसकेको पनि प्रहरीले बताएको छ । घटनालगत्तै चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरी, नेपाल प्रहरी उद्दारमा खटिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*