मकवानपुर बहुमुखी क्याम्पसमा प्राध्यापकहरुलाई सम्मान
मकवानपुर, ११ साउन । गुरु पुर्णिमाको अवसरमा मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापकहरुलाई सम्मान गरिउको छ । स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले क्याम्पसका गुरु पूर्णिमाको अवसरमा आज एक कार्यक्रमको आयोजना गरी प्राध्यापकहरुलाई सम्मान गरेको हो ।
स्ववियुले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सहभागी करिब ५०० विद्यार्थीहरुले क्याम्पसका प्राध्यापकहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं प्रदेश ३ का अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेलले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको विश्वविद्यालय बनाउन क्याम्पसले पहल गर्नुपर्ने बताए । क्याम्पसले सर्वसुलभ हुनेगरी सीपमुलक शिक्षामा जोड दिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष अनन्त पौडेल, क्याम्पस प्रमुख बच्चुराम अधिकारी लगायतको आतिथ्यता रहेको थियो । स्ववियु सभापति कुमार केसीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
