मउवा संघ अध्यक्ष कटुवालले दिए ‘नो पार्किङ’को विषयमा कडा अभिव्यक्ति

तु खबर संवाददाता
२०७५ श्रावण ११, शुक्रबार १४:१७
file photo

मकवानपुर ११ साउन । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले हेटौंडामा नो पार्किङको विषयमा कडा अभिव्यक्ति दिएका छन् । हेटौंडा बजार क्षेत्रका विभिन्न स्थानमा नो पार्किङको विषयमा भएको विवाद पश्चात निर्माण गरिएको अनुगमन समितीको प्रतिवेदनलाईनै हेटौंडा उपमहानगरपालिकाले वेवास्ता गरेको प्रति मउवासंघको आपत्ती रहेको अध्यक्ष कटुवालले बताए ।

हेटौंडामा पत्रकारहरु सम्मेलनको आयोजनागरीे कटुवालले उपमहानगर र जिल्ला ट्राफिकको आफ्नै तरिकाको नियमसंग मउवासंघ सहमत नभएको बताए । उनले हेटौंडामा सवारी व्यवस्थापनका लागि कुन कुन स्थानमा उपयुक्त हुन्छ भन्ने विषयलाई लिएर उपमहानगरकै उपमेयर मिना लामाको नेतृत्वमा प्रतिवेदन बनेपनि त्यसको उपमहानगरले कुनै वास्ता नगरेको प्रति आपत्ती समेत जनाए ।

प्रतिवेदन उपर छलफल नगरी व्यवसायीलाई मार पर्नेगरी राप्तीरोडमा मात्र नो पार्किङको नियम लागु भए मउवा संघ आन्दोलनमा उत्रने समेत उनले चेतावनी दिए ।

उपमहेयर मिना लामा सहित वडा नंबर २ का वडा अध्यक्ष हरि राउत, वडा नंबर ११ का वडा अध्यक्ष गोकर्ण पराजुली , मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल तथा समिर डंगोल सदस्य रहेको अनुगमन समितिले गत असार ३१ गते प्रतिवेदन बुझाएको भएपनि हालसम्म प्रतिवेदनको विषयमा कुनैपनि छलफल नभएको र उपमहानगरपालिकाले यो विषयलाई महत्व नदिएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले आपत्ती जनाएको छ ।

मउवा संघको अनुमनबाट बजारका मुख्य मुख्य सडकहरुमा दुई पाङग्रे सवारी साधन एकतर्फी पार्किङ गर्दा कुनै समस्या नहुने देखिएको बरु ठूला सवारी साधनहरुलार्ई भने बजारका मुख्य चोकमा प्रवेश रोक लगाउँदा ट्राफिक व्यवस्थापन सहज हुने मउवा संघको धारणा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*